शेयर परिसूचक नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से सामान्य अंकले बढेको छ । घट्दो बजारमा देखिएको वृद्धिलाई करेक्सनको रुपमा लिन सकिने लगानीकर्ताहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदरको प्रभाव रहिरहदा लगानीकर्ताले कारोबार घटाएका छन् । जसको असर शेयर बजारमा देखिको हो ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र त्यसले ब्याजदरमा निम्त्याएको वृद्धिका कारण लामो समयदेखि शेयर बजारमा घट्दो अवस्थामा छ। वित्तीय बजारमा तरलता सहज नहुँदा सम्म संस्थागत तथा ठुला लगानीकर्ताले लगानी बढाउन सक्ने अवस्थामा देखिदैनन् ।

त्यस्तै बैंकबाट कर्जा लिएर लगानी गर्ने लगानीकर्तापनि बजारमा प्रवेश गर्ने सकिरहेका छैनन् । त्यसैको प्रभाव शेयर बजारमा देखिएको विश्लेषकहरु बताउँछन् । सोमबार नेप्से परिसूचक १ दशमलव ३४ अंकले बढेर १ हजार १ सय २८ दशमलव ८६ अंकमा बन्द भएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शुन्य दशमलव १९ अंकले बढेर २ सय ४० दशमलव ४० अंकमा बन्द भएको छ । वित्तीय बजारमा लगानी पूँजी अभाव भएपछि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यसले बजारलाई अझै केही समय घटदो अवस्थामा राख्ने देखिन्छ । आइतबार भन्दा सोमबार कारोबार रकम घटेको छ ।

१ सय ६६ कम्पनीको २० करोड ५३७ लाख १४ हजार २२ रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने सम्भावना रहेकाले पनि लगानीकर्ताले कारोबार रोकेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com