कपिलबस्तुको तिलौराकोट संग्रालयको संरक्षणमा स्थानीयको जोड



प्रकाशित मिति : Feb 11, 2019

कपिलबस्तु । गौतम बुद्धसँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्र कपिलबस्तुमा सरकारी उदासिनता देखिएको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेपनि महत्वपूर्ण पर्यकटीय स्थलको संरक्षमा उदासिनता देखाउँदा स्थानीय चिन्तित बनेका छन् ।

५ दशकअघि स्थापना भएको कपिलबस्तुको तिलौराकोट संग्रहालयका पूर्वाधार जिर्ण बन्दै गएका छन् । अर्कोतर्फ पर्यटन वर्ष २०२० नजिकिदै जाँदा संग्रालय र आसपासका क्षेत्रका प्रचार–प्रसार पनि हुन सकेको छैन ।

कपिलवस्तुस्थित बुद्धको क्रिडास्थलकारुपमा परिचित तिलौराकोटमा बर्षेनी ३८ हजार बढी पर्यटकले भ्रमण गर्ने गर्छन । गौतम बुद्धको जन्मस्थलसंग जोडिएको जिल्ला भएकाले बुद्धका विचारहरु सहित अत्याधुनिक संग्रहालय बन्नुपर्ने स्थानीयको भनाई छ । यसको प्रचार प्रसार गरि संग्रहालयमा पर्यटकको लागि रमणीय वातावरण स्थानीयले माग गरेका छन् ।

संग्राहलयकोे पुरानो भवन जिर्ण भएकाले नयाँ भवनको निर्माण भइहरको छ । संग्रालयलाई अन्तर्राष्ट्रियस्तरको बनाइने दाबी गरिने गरेको छ । यद्धपि प्रचार–प्रसार र सरोकारवालाले ध्यान दिन नसक्दा सोचे अनुरुप काम हुन सकेको छैन । तर, संग्रालय प्रशासन काम नभएको स्वीकार गर्दैन ।

कपिलबस्तु संग्रहालयमा भगवान गौतम बुद्ध र उनका पिता राजा सुद्धोदनसंग संबन्धित प्रचिन बाहुमुल्य वस्तु राखिएका छन् । त्यसैले पनि यो संग्रहालयको संरक्षण र प्रचार प्रसार गर्ने स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com