दुईवटा मात्र एक्सचेन्ज सञ्चालन गर्न उचित



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौँ । नेपाल धितोपत्र बोर्डद्धारा बस्तु विनिमय बजार सञ्चालनका लागि अध्ययन गर्न गठन गरेको समितिले दुईवटा मात्र एक्सचेन्ज सञ्चालन गर्न उचित हुने सुझाव दिएको छ ।

नेपाल बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वासुदेब अधिकारीको संयोजकत्वमा गठित विज्ञ समुहले एउटा मात्र एक्सचेन्ज हुँदा एकाधिकार हुने र २ भन्दा बढी हुँदा बजारले धान्न नसक्ने भएकाले २ वटा मात्र एक्सचेन्ज स्थापना गर्न स्वीकृति दिनु उपयुक्त हुने सुझाव दिएको हो ।

त्यस्तै सुनचाँदी लगायत विदेशी मुद्राको भार पर्ने बस्तु भन्दा नेपाली बस्तुको डेरिभेटिभ तयार पारि कारोबार गराउने गरि स्वीकृति दिनु सुझाव दिएको छ । अहिले ५ वटा एक्सचेन्जले स्वीकृतिका लागि वोर्डमा आवेदन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com