अव्यवस्थित ग्रील तथा स्टील उद्योग सञ्चालनमा



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौँ । अव्यवस्थित रुपमा सञ्चालनमा रहेका ग्रील तथा स्टील उद्योगबारे सरकार आफैं स्पष्ट छैन । सरकारले वातावरण मैत्री नभएको भन्दै ग्रील तथा स्टील उद्योग दर्तामा रोक लगाएको छ । यद्धपि विना दर्ता नै ६५ प्रतिशत उद्योग सञ्चालनमा रहेका छन् । सरकारको उदासिनताले नै अव्यवस्थित रुपमा उद्योग सञ्चालन भएको व्यवसायीहरु बताउँछन् ।

करिब ११ हजार ग्रील तथा स्टील उद्योगमध्ये हाल ६५ प्रतिशत उद्योगहरु विना दर्ता सञ्चालनमा छन् । ती उद्योगहरु दर्ता गरी सञ्चालन गर्न चाहे पनि प्रक्रिया नै झण्झटीलो बनाइएको व्यवसायीको गुनासो रहेको छ । औद्योगिक व्यवासायी ऐन २०७३ ले ऐन बमोजिम दर्ता नगराई उद्योगको स्थापना वा सञ्चालन गर्न र गराउन हुदैन भन्ने स्पस्ट व्यवस्था गरेको छ । तर, विना दर्ता उद्योग सञ्चालनमा आएकोतर्फ सरकारी मौनता कायमै छ । सरकारले वायुप्रदुषण तथा वातावरण प्रभाव मूल्याङकन भन्दा बाहिर रहेको भन्दै २०५३ सालदेखि नयाँ स्थापना उद्योगलाई इजाजत रोक लगाएको थियो । यदि दर्ता गर्नचाहेमा उद्योग स्थापन गर्न खोजेको क्षेत्रमा बसोबास गर्ने छिमेकीहरुको स्वीकृती लिनुपर्छ ।

उद्योगीको मागः

  • तथा स्टील उद्योगलाई दर्ता गराउनै पर्ने
  • वातावरण मैत्री निश्चित स्थानमा भाडामा जग्गा उपलब्ध गराइदिनु पर्ने
  • दर्ता प्रक्रिया सहज बनाउनुपर्ने
  • उद्योग प्यानमा नभई भ्याटमा दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने
  • स्थानीय सरकार गठनपछिको मात्रै कर तिर्ने व्यवस्था हुनपर्ने

घरेलु तथा साना उद्योग भित्र पर्ने ग्रील तथा स्टील उद्योगमा दर्ता र विना अबैध सञ्चालन हुँदा उद्योगी विचको आन्तरीक द्वन्द्वले बजारमा मूल्यमा समेत एकरुपता छैनन । सबै उद्योगहरु करको दायारमा आउनै पर्ने बताइरहँदा उद्योगी नै आउन चाहेपनि प्रक्रियागत नमिलाउनुले अर्बौ रुपैयाँ राजस्व गुमाउनुपरेको देखिन्छ । उद्योग विभाग भने वातावरणमा प्रभाव पार्ने उद्योगहरु दर्ता नहुने बताउँछ ।

५ लाख देखि ५ करोड सम्म पूँजीमा यो व्यवसाय सञ्चालनमा छ । यी उद्योगबाट वार्षिक ४० अर्बको कारोबार हुने गरेको जनाएको छ । ठूला औद्योगिक प्रतिष्ठानहरु निर्माणमा आवश्यक मेटल फेब्रिकेटिङ सम्बन्धी सबै सामानका कार्य ग्रील तथा स्टील उद्योगमा पर्छ । ग्रील तथा स्टीलमा ८० प्रतिशत आत्मनिर्भर भएको छ । अझै पनि २० प्रतिशत सामान चीन र भारतबाट आयात हुन्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com