काँग्रेस वैठकः नैनसिंह महरको राजीनामा स्वीकृत, नेबि संघको तदर्थ समिति चाँडै बन्ने



प्रकाशित मिति : Feb 11, 2019

काठमाडौं, २८ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको आज बसेको वैठकले नेपाल विद्यार्थी संघ नेबि संघको विषयमा कुनै पनि निर्णय लिन सकेन ।

वैठकले नेबि संघका अध्यक्ष नैनसिंह महरले आफ्नो पदबाट दिएको राजीनामा भने स्वीकृत गरेको छ । वैठकले नेबि संघको विघटन गरी तदर्थ समिति गठन गर्ने बताइएको थियो ।

बैठक पछि न्यूज २४ नेपाल डट टिभीसँग कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले नेबि संघको तदर्थ समिति चाँडै बन्ने बताउनु भयो । आज नेबि संघको विषयमा थप छलफल नभएको जिकिर गर्दै उहाँले नेबि संघको म्याद स्वतः समाप्त भएकोले थप छलफल आवश्यक नभएको बताउनु भयो ।
काँग्रेस केन्द्रीय कार्यसमितिको वैठक भोलि अपरान्ह दुई बजे पुनः बोलाइएको छ ।

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको आजको बैठकमा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह के.सी., डा. मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, नविन्द्रराज जोशी, शंकर भण्डारी, मीन विश्वकर्मा, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, प्रवक्ता विश्वप्रकाश शर्मा, हरिप्रसाद नेपाल र अमृत अर्यालले आ–आफ्नो धारणा राख्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com