वैदेशिक रोजगार विभागको एक्सन, मलेसियाका ५२ सहित ७७ कम्पनी कालो सूचीमा



प्रकाशित मिति : Feb 10, 2019

काठमाडाै‌ । वैदेशिक रोजगार विभागले मलेसियाको ५२ वटा कम्पनीसहित ७७ कम्पनीलाई कालो सूचिमा राखेको छ ।

कामदारलाई सम्झौताअनुसार सेवा सुविधा नदिएको भन्दै परेको उजुरी र म्यानपावर व्यवसायीको आग्रहमा कम्पनीलाई कालोसू्चीमा राखेको हो । कालूसूचीमा परेका कम्पनीलाई कामदार पठाउन समेत रोक लगाइएको छ ।

विभागले मलेसियाका ५२, यूएईका ६, साउदी अरबका ५ र कतारका ४ गरी ६७ वटा कम्पनीलाई कालोसूचिमा राखेको हो । मलेसियाको ५२ वटा कम्पनीलाई कालो सूचिमा राखेर कामदार पठाउन प्रतिबन्ध लगाएपनि ९ महिना देखि भने कुनै पनि कम्पनीमा नेपाली कामदार जान पाएका छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com