पाकिस्तानी एजेन्टले बन्दी बनाएका नेपालीको लिबियाबाट म्यासेज, खादा मालाको पैसा मात्र नास- घर बनेन ! (भिडियोसहित)



प्रकाशित मिति : Feb 09, 2019

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३३८ औं एपिसोड हो । कार्यक्रमको आजको विशेष एपिसोडमा पनि विभिन्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

यसका साथै उद्धारको पर्खाइमा लिवियामा रहेका अलपत्र नेपालीहरुको विषयमा इजिप्टका लागि नेपाली राजदुत झपिन्द्र प्रसाद अर्यालसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ । त्यस्तै कार्यक्रममा अन्य विशेष ब्यक्तिहरुसँग पनि कुराकानी गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. उद्धारको पर्खाइमा लिवियामा नेपालीहरु अलपत्र
काठमाडौं । गत कार्यक्रममा लिबियाको जेलमा रहेको आफ्नो छोराको उद्धार गर्न आग्रह गर्दै कतारबाट रामबहादुर खत्रीले लाइभमा गुनासो गरेका थिए । उनको छोरा कुल बहादुर खत्रीको उद्धारको प्रयास भइरहेको छ ।

लिबियामा खत्री लगायत अन्य नेपालीहरु पनि कोही जेलमा त कोही दलालको फन्दामा परेका छन् । रोजगारीका लागि इटाली जान भनि हिडेका कास्काका ओमराज गुरुङ, सुरेश केसी, पर्वतका रञ्जित केसी, म्याग्दीका अमन लोजा र धिरज थापा अहिले लिबियामा बन्दक बनेका छन् ।

२. ‘पर्यटन वर्ष २०२०’ मनाउनु पूर्व शौचालय बनाउनु आवश्यकता
काठमाडौं । सरकार सन् २०२० मा ठूलो संख्यामा पर्यटक भित्र्याउने उदेश्यसहित पर्यटन वर्ष मनाउने तयारीमा छ । नेपालमा आउने विदेशी पर्यटक अधिकांशको रोजाइमा पर्ने गरेको एभरेष्ट बेस क्याम्प तथा अन्नपूर्ण आधारशिविर प्रायप्त मात्र शौचालय नभएको गुनासो आएका छन् ।

३. भुकम्प गएको ४ वर्ष बित्न लाग्दा पनि रसुवाको एक गाउँको पुनर्निर्माण अझैँ अनिश्चित !
रसुवा । कार्यक्रममा केही अंक अघि रसुवाको उत्तरगया गाउँपालिका खाल्टेबाट हाम्रा दर्शक ले लाईभ कार्यक्रममा पुनर्निर्माण प्राधिरकणले भुकम्प गएको चौथो बर्ष बित्नै लाग्दा पनि प्रतिबद्धता अनुरुप बस्ती नबनाएको भन्दै गुनासो गरेका थिए । उनको गुनासोपछि हाम्रो टिम रसुवाको खाल्टे पुग्यौ । यो बस्तीमा रहेका करिब २ सय घर अझै टहरा र छाप्रो मै रहेछन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com