२० तस्वीरमा नियाल्नुहोस् भारी हिमपातपछिको मुस्ताङ, जनजीवन कष्टकर बन्दै



प्रकाशित मिति : Feb 09, 2019

२६ माघ । केही दिनदेखिको लगातार वर्षा र हिमपातका कारण जनजीवन कष्टर बन्दै गएको छ । काठमाडौं लगाएतका जिल्लाहरुमा वर्षा र मध्य पहाडी र हिमाली भेगमा भारी हिमपात भएको छ । विशेषगरी मनाङ, मुस्ताङ, डोल्पा लगाएतका उच्च हिमाली जिल्लाहरुमा भारी हिमपातका कारण जनजीवन कष्टर बन्दै गइरहेको छ ।

यतिबेला मुस्ताङमा हिउँ पर्न रोकिए पनि चिसो ह्वात्तै बढेको छ, जसको यसको प्रत्यक्ष असर जनावरलाई परिरहेको छ । मुस्ताङ लगाएतका हिमाली जिल्लाहरुमा चौरी, भेडा, बाख्रा लगायतलाई असर पु¥याइरहेको छ ।

मुस्ताङमा करीब दर्जनभन्दा बढी चरणहरु रहेका छन् । मुस्ताङको थासाङ गाउँपालिकादेखि उपल्लो मुस्ताङको लोमान्थाङ आसपासका क्षेत्रहरूमा गरी दर्जन बढी हिमाली चरणहरुमा चर्ने धेरै जनावर लगायत चौरी र भेडाबाख्राहरुलाई हिमपातका कारण चरनमा लानसक्ने अवस्था छैन । त्यहाँका स्थानीयहरुका अनुसार तीन फिटसम्म हिउँ जमेको छ ।

स-साना बच्चाहरूलाई न्यानो गरी राख्नसमेत नसकिएको त्यहाँका स्थानीयहरुले बताएका छन् । लगातार हिमपातका कारण मुस्ताङमा बिद्युत अबरुद्ध हुँदा संचार क्षेत्र पनि प्रभावित भएको बताइएको छ ।

जिल्लामा संचालित रेडियो, टेलिफोन जस्ता संचारका माध्यमहरु अवरोध हुँदा मुस्ताङबासीको दैनिकीमा असहजता आएको स्थानीयहरु बताउँछन् । तस्वीरः सुशिलबाबु थकाली


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com