भारी बर्षाले मैदानमा पानी जमेपछि बुढासुब्बा गोल्डकपको उद्घाटन खेल विथोलियो



प्रकाशित मिति : Feb 09, 2019
  • सन्तोष काफ्ले,

धरान, २६ माघ । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २१ औ संस्करण अन्तर्गत धरानमा आजदेखि सुरु हुने भनिएको उद्घाट खेल बर्षाले विथोलेको छ । आज हुने भनिएको उद्घाटन खेल शहीद स्मारक ए डिभिजन लिगको उपविजेता संकटा क्लब र मेची नेत्रालय काकड्भिट्टा झापाबीच तय भएको थियो ।

तर गए रातिदेखि परेको अविरल बर्षाले मैदानमा पानी जमेपछि खेल स्थगित गरिएको आयोजक धरान फुटबल क्बलका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । आज स्थगित खेल भोलि खेलाइने भएको छ । आजको उद्घाटन खेल स्थगित भएपछि फागुन ४ गते हुने फाइलन खेल पनि एक दिन पछि सर्ने क्लबले जनाएको छ । २०५५ सालदेखि निरन्तर हँुदै आएको गोल्डकपको २१ औ संस्करणमा दुई अन्तर्राष्ट्रिय, ३ मोफसलका क्लव र ३ ए डिभिजन क्लवहरुको सहभागिता रहेको छ ।

यसपटकको संस्करणमा विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख पाउने छन् । गत संस्करणमा ७ लाख मुनाफा भएको गोल्डकपमा यो संस्करण २० लाख मुनाफा पु¥याइने क्लबको लक्ष्य रहेको छ ।

अघिल्लो संस्करणमा विजेता टिमले ६ लाख र उप विजेता टिमले ३ लाख पाएका थिए । यसपटक प्रतियोगिताको व्यक्तिगत पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ ।

व्यक्तिगत तर्फका उत्कृष्ट गोलरक्षक, डिफेन्डर मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २०÷२० हजारवाट बढाएर २५÷२५ हजार पु¥याइएको छ । सर्वाधिक गोलकर्ताले भने नगद ३५ हजार पाउने छन् ।

प्रतियोगिताका उत्कृट खेलाडीले भने डिइयो स्कुटर पाउने छन् भने दर्शकहरुलाई समेत गोला प्रथाद्वारा एउटा बाइक दिइने छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com