‘फिनोबार बिटोन’ इन्जेक्सनको अभाब हुँदा नवजात शिशुको मृत्युदर बढ्यो



प्रकाशित मिति : Feb 08, 2019
  • रिया भण्डारी,

काठमाडौं । नेपालमा तीन वर्षदेखि ‘फिनोबार बिटोन’ इन्जेक्सनको अभाब छ । जन्मिने बित्तिकै काम्ने समस्या भएका नवजात शिशुलाई दिइने सो इन्जेक्सन नहुँदा नवजात शिशुको मृत्युदर बढेको छ । इन्जेक्सन अभाबले उपचार गर्न नै कठिन भइरहेको चिकित्सकले बताएका छन् ।

यिनी रुकुमका रुपक पाण्डे । श्रीमतीको प्रसुतीको लागि बुधबार शिक्षण अस्पतालमा आएका यिनी जुम्लाह शिशुको पिता बने । तर, यिनकै खुसी धेरै बेर टिकेन । नवजात शिशुलाई दिने औषधी नहुँदा एउटा शिशु गुमाउनु प¥यो ।

जन्मिने बित्तिकै अक्सिजन नपुगेर काम्ने समस्या भएका शिशुलाई फिनोबारबिटोन नामक इन्जेक्सन दिनुपर्छ । तर, नेपालभरर अहिले यो इन्जेक्सन छैन ।

यो इन्जेक्सन आभाब हुँदा चिकित्सकले विकल्पका रुपमा ‘फेनाटोइन’ औषधी चलाईदै आएका छन् । ‘फेनाटोइन’ वयस्कका लागि प्रयोग गर्ने औषधी हो ।

फिनोबार बिटोन’को अभावबारे औषधी ब्यवस्था बिभाग र स्वास्थ्य मन्त्रालयलाई पटक–पटक जानकारी गराए पनि चासो नदिएको चिकित्सकको गुनासो छ । भरखर जन्मेका १० देखि १५ प्रतिशत शिशुलाई ‘फिनोबार बिटोन’ औषधी आवश्यक पर्छ । तर, कहिँ कतै छैन । प्रसुती गृहमा दैनिक ५-१० नवजात शिशुलाई यो औषधि आवश्यक पर्छ ।

कान्ति अस्पतालमा पनि दैनिक १२-१५ नवजात शिशुलाइ यो औषधी आवश्यक पर्छ । नेपालभर औषधीको अभाबले पनि नवजात शिशुको मृत्युदर बढेको चिकित्सककै ठम्याई छ । जीवन रक्षक भएपनि कम मूल्य पर्ने र धेरै नाफा नहुने भएकाले पनि ब्यापारी यो इन्जेक्सन आयातमा चासो नदिएका हुन् ।

औषधी व्यवस्था विभाग पनि ‘फिनोबार बिटोन’ इन्जेक्सन अभाब रहेको स्वीकार्छ । लागु मनोदीपक औषधी भएकोले भारतबाटै ल्याउन समस्या भइरहेको दावी गर्ने विभागले छिट्टै उपलब्ध गराउने आश्वासन दिन भने छोडेको छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com