कतै घनघोर बर्षा हुन्छ, बादल भने हट्दैनः मौसमविद् बरुण पौडेल (भिडियो)



प्रकाशित मिति : Feb 07, 2019

नियमित हो बर्षा तर यसपटकको वर्षाले केही विपत्ति ल्याउने सम्भावनालाई नकार्न सकिदैन । वर्षा र हिमपात जाडो याममा जुन अनुपात हुनु पर्ने हो त्यो भन्दा बढी नै हुने सम्भावना देखिएको छ । तर शनिबार पछिको अवस्था सुध्रेर जाने हुनाले त्यसपछि भने न्यानोको अनुभूति हुने छ ।

न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा कुराकानी गर्दै मौसमविद् बरुण पौडेलले भन्नु भयो ः नेपालको मौसममा प्रभाव पार्ने बिभिन्न पक्ष मध्ये यसपटक पश्चिमीको वायुको असरले देखिएको यो अवस्था केही दिन कायम रहने छ ।

यसपटकको वर्षाले पनि खेतिपातीलाई राम्रो हुने तर्क गर्दै उहाँले नेपालको मौसमको भविष्यवाणीलाई सही र सटिक बनाउन थप उपायहरुको अवलम्बन भइरहेको छ ।’

आइओडीमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै मौसमविद् पौडेलले भन्नुभयो ‘ जलवायु परिवर्तनमा देखिएको असरले नेपालको मौसममा धेरै उत्तारचढाव देखिन थालेको छ । पौडेलसंगको कुराकानी विस्तृतमाः


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com