निःशुल्क एक सय एमवी डाटा उपलब्ध उपलब्ध गराउँदै नेपाल टेलिकम



प्रकाशित मिति : Feb 05, 2019

काठमाडौं । नेपाल टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न प्याकेज सहित छुटको व्यवस्था गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रमका अवसरमा एक महिनाका लागि एनडी मोवाईल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमवी डाटा उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै माघ २३ गतेदेखि ८ गते सम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिना सम्म १ जिविका दरले अलटाइम डाटा र एक सय मिनेट सम्म भ्वाईस बोनस दिने घोषणा गरेको छ । त्यस्तै टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र एक सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत उपलब्ध गराउने छ ।

टेलिकमले २०७४ असार मसान्त सम्मको टेलिफोनको बक्यौता तीर्न बाँकि रहेका ग्राहकहरुले २०७६ असार मसान्त सम्म बुझाएमा जरिवाना नलाग्ने समेत जनाएको छ । टेलिकमले नेत्रहिन नागरिकहरुका लागि सिडिएमए र जिएमएस सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com