चिसोले अमेरिकामा कम्तिमा ११ को मृत्यु, अन्टार्टिका भन्दा पनि चिसो



प्रकाशित मिति : Feb 01, 2019

सिकागो (एजेन्सी) । अमेरिकामा चिसोका कारण कम्तिमा ११ जनाको मृत्यु भएको छ । ध्रुवीय वायुका कारण केही दिन यता अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो ।

अमेरिकाको मध्यपश्चिमी भेगमा सबैभन्दा असर गरेका कारणले चिसोबाट लाखौं मानिस प्रभावित भएका छन् ।

सिकागो, इलिनोइज,रकफोर्ड, मोलाइन,लोवा लगायतका क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सीयस भन्दा बढी रहेको छ । मौसम पूर्वानुमान गर्ने सरकारी निकायले चिसोको यो क्रम अझै एक दुई हप्ता सम्मपनि जान सक्ने बताएको छ ।

चिसो प्रभावित क्षेत्रको हवाई उडानहरु अवरुद्ध रहेका छन् । विद्यालय र कलेजहरु बन्द गरिएको बताइएको छ ।

सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्टिका भन्दा पनि चिसो मापन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com