१६ माघ २०७५, बुधबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । कुल ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्नका लागि बोलपत्र आवाहन गरेको छ ।

राष्ट्र बैंकले कात्तिक २९ गते प्रकाशित गरेको बोलपत्रमा कुनै आवेदन नपरेपछि फेरि एक सय दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्न बोलपत्र आवहान गरेको छ । राष्ट्र बैंकले आवहान गरेको बोलपत्र अनुसार १ सय दरका ४० करोड थान नोट छाप्नु पर्ने छ । अन्तर्राष्ट्रिय रुपमा स्थापित कम्पनीले बोलपत्र प्रक्रिया सहभागीता जनाउन सक्ने छन् । बोलपत्र खरिदका लागि परेको आवेदनका आधारमा योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंकले उल्लेख गरे अनुसार इच्छुक कम्पनीले फागुन ९ भित्र २० हाजर रुपैयाँ दस्तुर बुझाई बोलपत्र खरिद गरिसक्नु पर्छ । बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा राष्ट्र बैंकले बोलपत्र खोलिने जनाएको छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्ममा नोट प्रिन्ट हुनु पर्ने छ । त्यसका लागि कम्पनीले ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार यस्तो म्याद २०७६ जेठ १४ सम्म रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV