१६ माघ २०७५, बुधबार

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले बानेश्वर परिसरमा प्रदर्शन गरेको छ ।

प्रदर्शन गर्ने क्रममा प्रहरीले ३२ जनालाई नियन्त्रणमा लिएको छ । संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई पक्राउ गरेको प्रहरीले जनाए । प्रहरीले नियन्त्रणमा लिएको सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको प्रहरी वृत्तमा राखिएको छ ।

अधिकारकर्मीहरुले धर्नामा साढे चार अरब भ्रष्टाचार, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका र डा. केसी सँगको सहमति कार्यान्वयन गर जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV