१६ माघ २०७५, बुधबार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनु भएको छ । सहिद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनु भयो ।

“पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ”, उहाँकाे सन्देशमा भनिएकाे छ, “राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV