१६ माघ २०७५, बुधबार

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले यसपटक नेपालले गरेको युएई भ्रमणको सुखद पक्ष जित मात्र नभई टिम वर्कमा भएको सुधारलाई महत्वपूर्णरुपमा लिनुपर्ने बताउनु भएको छ ।

उहाँले नेपाली टोली अब कुनै एक दुई खेलाडीमा मात्र निर्भर नरहनु सकारात्मक संकेत भएको बताउदै टिममा पुराना तथा नयाँ खेलाडीबीचको समिश्रण राम्रो देखिनुलाई पनि अर्को महत्वपूर्ण कदम मान्नु पर्ने पनि प्रष्ट पार्नुभयो । नेपालले यसपटक दिलाएको सफलताले भविष्यको ढोका ढक्ढक्याएको चर्चा गर्दै पूर्व अध्यक्ष पाण्डेले क्रिकेटको थप विकासका लागि अब सरकारले चासो एवं तदारुकता देखाउनु पर्ने बताउनुभयो ।

क्रिकेटले नेपाललाई चिनाउने अवसर बढाउदै लगेको उल्लेख गर्दै उहाँले निजी क्षेत्र अगाडि आए त्रिकेटको विकासमा थप टेवा पुग्नु विश्वास पनि व्यक्त गर्नुभयो । क्रिकेट अहिले नेपालमा सम्मानजनक अवस्थामा पुगेको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले लगाउँदै आएको निलम्बन फुकुवा गराउन थप सक्रियतको आवश्यकता औल्याउनु भयो ।

क्रिकेटमा पैसा मात्र देख्नेहरुले समस्या सिर्जना गरेको उल्लेख गर्दै पूर्व अध्यक्ष पाण्डेले क्रिकेटमा वास्तविकरुपमा समर्पित भएर लागेमा एक से एक नतिजा टाढा नरहेको विश्वास पनि व्यक्त गर्नुभयो । अभ्यास मात्र नभइ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताको आवश्यकता भएको चर्चा गर्दै उहाँले युवा खेलाडी सन्दीप लामिछाने अहिले वास्तवमा नेपालको दूत बनेको उल्लेख गर्नुभयो ।

नेपाली क्रिकेट खेलाडीलाई ‘फिनान्सियल सपोर्ट’को आवश्यकता रहेको उल्लेख गर्दै उहाँले खेलेर खान सक्ने स्थिति क्रिकेटमा अझै पनि बन्न नसक्नु दुःखद पाटो भएको बताउनु भयो । पूर्व अध्यक्ष पाण्डेसंग न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट स्मृति मल्लले गरेको कुराकानी विस्तृतमा

प्रतिक्रिया दिनुहोस्
LIVE TV