१५ माघ २०७५, मंगलवार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३३३ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

विद्युत प्राधिकरणको लापरबाही, सेवाग्राहीले सधै जरिवाना तिर्न बाध्य


मकवानपुर । विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रको लापरबाहीका कारण मकवानपुरको एक गाउँ वर्षौदेखि विद्युत महशुलमा मासिक जरिवाना तिर्न बाध्य भएको छ ।

नियमानुसार प्राधिकरणले विद्युत प्रसारण भएका क्षेत्रमा मासिक रुपमा विद्युत खपत महशुलका लागि मिटर रिडर खटाउनु पर्ने हुन्छ । तर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ्ग महांकालका करीब १ सय ५० घरधुरीमा गत असार देखि प्राधिकरणबाट मिटर रिडिङ्ग गर्न कोही पुगेका छैनन् ।

दुर्घटनामा छोरा गुमाएकी आमाको न्यायको लडाईको कथा

कैलाली । ब्याजलर दास्रो वर्षमा अध्यनरत कैलालीका २२ वर्षिया किरण चौरधीको भदौ १४ गते बाईक दुर्घटनामा मृत्यु भयो । कैलालीका किरण चोधरी आफ्नी आमा सरस्वती चौधरीलाई स्कुटरको पछाडी राखि बलाजुबाट बनस्थली तर्फ जांदै थिए ।

विपरित दिशाबाट आएका निसान पन्तको वाईकले ठक्कर दिदा किरण चौधरीको घटनास्थ्लमै मृत्यु भयो भने आमा सरस्वती घाईते भईन । मृतक किरण चौरधीसँग सवारी चालक अनुमति पत्र लाइसेन्स थियो तर उनलाई ठक्कर दिने बाइक चालक निशान पन्तसँग सवारी चालक अनमती पत्र लाइसेन्स थिएन । उनीहरु एउटै घरमा बस्थे ।

बादी समुदायका परिवारलाई बनेको घरमा सर्न दिएन् साहुहरुले

बझाङ । सुदुर पश्चिमको पाहाडी जिल्ला बझाङको जयपृथ्वी नगरपालिकाको एक छेउमा बादी समुदायका मानिसहरु गरीबिको चपेटाबाट कष्टकर जिन्दगी काटीरहेका छन् । बादी समुदायका १६ परिवार आधारभुत आवश्यकताबाट समेत बञ्चीत उनिहरुको जिवनशैली टिठ लाग्दो छ ।

शित ओत्तने छानो समेत नभएका उनिहरुको साँझ बिहान के खाँउ के लाउँ भन्ने भन्नेमै बित्छ । उनीहरुको दुख देखेका व्यतmी दल बहादुर बिष्ट स्थानीय तहको निर्वाचनबाट जयपृथ्वी नगरपालिका १० का वडा अध्यक्षमा निर्वाचीत भए । निर्वाचित भएसँगै उनले वाचा गरे अनुसारनै बादी समुदायले स्थायी घर निमार्ण गर्न सुरु गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV