१५ माघ २०७५, मंगलवार

जनकपुर । वीरगन्ज उद्योग वाणिज्य संघको ४३औं साधरणसभामा बोल्दै प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा बसेकाहरुले देश र जनताको लागि नसोच्ने आरोप लगाएका छन् । सिंहदरबारमा त लुटेरामात्र बस्छन् उनले भने ।

संघको ४३औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको सपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने नचाहेको आरोप लगाएका हुन् ।

उनको सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको समेत रहेको आरोप छ। नेपाललाई साँच्चिकै समृद्ध र विकसित मुलुक बनाउने हो भने उद्योगी र व्यापारीलाई राज्यले सम्मान गर्नुपर्ने र उद्योगमैत्री नीति बनाउनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV