
काठमाडौं । रेष्टुरेण्ट तथा बार एसोसिएसन नेपाल(रेवान) को एक बैठकले बार तथा रेष्टुरेण्टहरुमा लिइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको छ।

उपभोक्ताको हितलाई ध्यानमा राख्दै रेवान काठमाडौं, पोखरा र सौराहाको सोमबार बसेको बैठकले बार तथा रेष्टुरेण्टहरुमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क क्रमिक रुपमा हटाउने निर्णय गरेको बताएको छ ।निर्णयसँगै रेवानले अब काठमाडौं, पोखरा र सौराहाका बार तथा रेष्टुरेण्टमा सेवा उपभाेग गरे बापत कुनै सेवा शुल्क तिर्न नपर्ने जनाएको हो।
आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै यो निर्णय लागू गरिएको तर यसले बार तथा रेष्टुरेण्टमा काम गर्ने मजदुरको सेवा सुविधामा असर नपुग्ने रेवानले जनाएको छ ।