१५ माघ २०७५, मंगलवार

काठमाडौँ । शेयर बजारमा परिसूचक नेप्से घटेको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम कसिलो बन्दै जानु र कर्जामा ब्याजदर नघटनुले कर्जा लिएर लगानी गर्ने लगानीकर्ताले शेयर कारोबार बढाउन सकेका छैनन् । जसले गर्दा परिसूचक नेप्से दबाबमा छ ।

मंगलबार शेयर बजारमा परिसूचक नेप्से झण्डै चार अंकले घटेर १ हजार १ सय ६१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । काराबारमा आएका अधिकांश परिसूचकहरुमा गिरावट आएको छ । माथिल्लो तामाकोशिको शेयर कारोबार उच्च भएपनि मूल्य घटेको छ । समग्रमा १ सय ६३ कम्पनीको ३० करोड ८० लाख भन्दा बढिको शेयर करोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढि ५ प्रतिशतले कमाएका छन् ।

जनउत्थान लघुवित्तका शेयरधनीले ८ प्रतिशत बढिले गुमाएका छन् । सरकारी खर्च बढन नसक्दा वित्तीय प्रणाली कसिलो बन्दै गएको र कर्जामा ब्याजदर नघटने पक्का भएपछि ऋण लिएर लगानी गर्ने लगानीकर्ताको चहलपहल घटेको छ । जसका कारण कारोबार रकम पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV