१५ माघ २०७५, मंगलवार

काठमाडौँ । मंगलवार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको स्थिर छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ सामान्य बढेकाले नेपाली बजारमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलवार फाइन गुणस्तरको सुन प्रतितोला १ सय रुपैयाँले बढेर ६१ हजार ५ सय रुपैयाँमा खरिदविक्री भएको छ ।

तेजावी सुन प्रतितोला १ सय रुपैयाँले बढेर ६१ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । त्यस्तै, चाँदी सोमबारको तुलनामा स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV