१५ माघ २०७५, मंगलवार

सियोल । विगतका समयमा दुई कोरियाले फरक फरक तरिकाले मनाउदै गरेकाे
स्वतन्त्रता आन्दोलन दिवस एकै साथ मनाउन दक्षिण काेरियाले उत्तर काेरियालाइ प्रस्ताव गरेको छ । हरेक मार्च १ तारिखमा मनाउने गरेको स्वतन्त्रता आन्दोलन दिवस एकैसाथ मनाउन दक्षिण कोरियाले उत्तर कोरियालाइ प्रस्ताव गरेको हाे ।

जापानको उपनिवेश विरुद्ध लडेर मुलुकलाई मुक्त बनाएको दिनको सम्झनामा स्वतन्त्रता आन्दोलन दिवस मनाउने गरिन्छ । कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकीलाई संयुक्तरुपमा मनाउन प्रस्ताव दक्षिण कोरियाले प्रस्ताव गरेको हो ।

स्थानीय सञ्चार माध्यमहरुले मङ्गलबार लेखेको समाचार अनुसार दक्षिण कोरियाको एकीकरण मन्त्रालयले संयुक्त रुपमा शतवार्षिकी समारोह मनाउने प्रस्तावसहित उत्तर कोरियालाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV