१५ माघ २०७५, मंगलवार

काठमाडौं ‌। सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भष्ट्रचार नियन्त्रण गर्ने निकायबाट नै भ्रष्टचार भएको पाईएको बताउनु भएको छ । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फ इङित गर्दै उहाँले भ्रष्टचार नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने गरेको पाइएकाले अब त्यस्तो हुन नदिने दावी गर्नुभयो ।

‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं, भ्रष्ट्रचार गर्ने कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’ उहाँले भन्नुभयो । चर्चामा आउन देखावटीरुपमा काम नगर्ने बताउदै भ्रष्टाचारको अन्त्य हुने वातावरण निर्माण गर्न सरकार लागिपरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV