१४ माघ २०७५, सोमबार

क्युवा । क्युवामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ । त्यस्तै अन्य दुई सय बढी घाईते भएका छन् । आँधीले सबैभन्दा बढी प्रभाव क्युवाको राजधानी हवानामा परेको त्यहाँका राष्ट्रपति मिगुएल दायज क्यानेलले बताउनु भएको छ ।

राष्ट्रपति क्यानेललेको ट्वीटरमा भएको जानकारी अनुसार, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । घटनाको प्रभावि क्षेत्रमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।”

आँधीका कारण हवानाका कैयौँ नगरहरूमा विद्युत आपुर्ति अवरूद्ध भएको छ भने कैयौँ भौतिक संरचनामा क्षति पुगेका हवानाबाट प्राप्त समाचारमा जनाइएको छ । व्यापक बर्षासाथ आएको आँधी प्रतिघण्टा १०० किलोमिटरको गतिमा आएको स्थानीय मौसम विज्ञान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV