१४ माघ २०७५, सोमबार
  • सुशीलबाबु थकाली

मुस्ताङ, १४ माघ । भारी हिमपातपछि मुस्ताङका डाँडाकाँडा अहिले सेताम्मे बनेका छन् । हिमाली क्षेत्रका वासिन्दाले हिमपातलाई कष्ट नभइ स्वागतयोग्य पक्षकोरुपमा लिदै आएका छन् ।

हिमपातले मुस्ताङको कृषि क्षेत्रलाइ फस्टाउनका लागि सय प्रतिशत मद्धत गर्ने हुनाले पनि मुस्ताङवासी हिमपात हुनासाथ हर्षित बन्ने गरेका छन् । बर्खे पानी पर्याप्त मात्रामा नपर्दा हिउँदमा हिउँको आश गरिरहेका मुस्ताङलाई यतिबेला हिउँ नै हिउँले छोपिदिएको छ । यसले गर्दा आन्तरिक पर्यटनलाइ समेत टेवा पुग्न सक्ने मुस्ताङका प्रहरी नायव उपरीक्षक महेन्द्रबहादुर खड्का बताउनु हुन्छ ।

खडका भन्नु हुन्छ ‘ मुस्ताङमा हिमपात हुनु कुनै नौलो त होइन । तर यहाँको पर्यटनलाई यसले अगाडि बढाउन मद्धत गर्ने भएकोले हिउँ पर्नु जरुरी छ ।’ देशका बिभिन्न स्थानहरुबाट मुस्ताङ घुम्न आउनेहरुको लागि यतिबेला मन नै लोभ्याउने गरेको छ ।

न्यून संख्यामा मुस्ताङ घुम्न आउने पर्यटकहरूलाइ मुस्ताङको बिभिन्न स्थानहरुमा घुमाएर यहाँको बस्तुस्थितिलाई नजिकबाट नियाल्न दिदा राम्रो हुने खड्काको भनाइ छ । निरन्तर परिरहेको हिउँ रोकिने सम्भावना भने कम नै रहेको छ । त्यसैले पर्यटकहरुलाई सुरक्षा दिन प्रहरी हरपल खटिरहेको उहाँले बताउनु भयो । न्यानो कपडा लगाउन र तातो खाने कुरा खान समेत पलपलमा जानकारी गराइरहेको खड्काले बताउनु भयो ।

संख्यामा मुस्ताङ घुम्न आउने पर्यटकहरूलाइ मुस्ताङको बिभिन्न स्थानहरुमा घुमाएर यहाँको बस्तुस्थितिलाई नजिकबाट नियाल्न दिदा राम्रो हुने खड्काको भनाइ छ । निरन्तर परिरहेको हिउँ रोकिने सम्भावना भने कम नै रहेको छ । त्यसैले पर्यटकहरुलाई सुरक्षा दिन प्रहरी हरपल खटिरहेको उहाँले बताउनु भयो । न्यानो कपडा लगाउन र तातो खाने कुरा खान समेत पलपलमा जानकारी गराइरहेको खड्काले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-16-768x494.jpg

हिमपातले मुस्ताङको तालतलैया र वस्तीहर पनि चाँदीझै टल्केको छ । मुस्ताङ आफैमा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । बेमौसममा समेत यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो हुने यस जिल्लामा यतिबेला भने हिउँको दृश्यले मन नै लोभ्याउने गरेको छ । सरदमुकामा जोमसोमस्थित ताज होटलका प्रोप्राइटर तृष्णा शेरचनले मुस्ताङमा हिमपात हुँदा आफुहरुलाइ रमाइलो अनुभुति भएको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is 3-15-768x494.jpg

करिब ९ बर्षपछि मुस्ताङमा नसोचेको मात्रामा हिमपात भएको छ । यसले पनि मुस्ताङवासीलाई सहयोग गरेको महसुस शेरचनको छ । यस्ले यहाँका होटेल व्यवसायमा पक्कै टेवा पुग्ने र हिउँद सिजनमा गाउँ नै खाली गरेर बेसी झर्ने यहाँका मानिसहरू मनमा हिउँको सपना बोकेर बिस्तारै गाउँ उक्लिन लागेको समेत उहाँको भनाइ छ ।

मुस्ताङमा पछिल्लो समय अत्यन्तै चर्चामा आएको ढुम्बा ताल केहि हप्ता अघि मात्र पानी जमेको थियो । त्यो दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याएको थियो । अहिले यो ताल सेतै हिउँले ढाकिएको छ । यतिबेला पर्यटक भित्र्याउन पाए राम्रो हुने शेरचन बताउनु हुन्छ ।

This image has an empty alt attribute; its file name is 7-6-768x494.jpg

भर्खरै चर्चा बटुल्न लागेको भुछर ताल, टिटी ताल, सेकुङ तालहरुमा पनि चाँदी जस्तै सेतै हिउँ जएको छ भने मुस्ताङको सबै गाउँ बस्ती अहिले हिउँ नै हिउँले ढाकिएको छ । सामाजिक सञ्जालमा राखिएको सुन्दर तस्बिरहरुले पनि पर्यटकहरुलाइ यहाँसम्म आउने वातावरण हुनसक्ने शेरचनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV