१४ माघ २०७५, सोमबार

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक पछि अर्को कीर्तिमान कोर्दै गर्दा सोमबारको दिन कप्तान पारस खड्काको नाममा रहयो । घरेलु टोली विरुद्धको तेस्रो तथा निर्णाय एक दिवशीय खेलमा कप्तान पारश खड्काले शतक पूरा गरेका छन् । यो संगै पारश खड्का एकदिवसीय खेलमा सतक बनाउने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

नेपालको ताजा स्थितिमा ४२ ओभरमा ६ विकेटको नोक्सानीमा दुई सय ३७ रनमा पुगेको छ । रोहित पौडेलले १६ रन बनाएर आउट भएका हुन । अब नेपाललाई जित्न ४५ बलमा १८ रनको आवश्यकता रहेको छ । यस अघि कप्तान खड्का १ सय ९ बलको सामना गर्दै १ छक्का र १५ चौकाको सहयोगमा १ सय १५ रन बनाएर बाहिरिएका थिए । कप्तान खड्काको लोभलाग्दो एवं गौरवशाली प्रदर्शनको कारण नेपाल लक्ष्यको नजिक उभिएको छ ।

कप्तान पारश खड्काले आधिकारिक एकदिवसीय खेलमा नेपालका तर्फबाट शतक बनाउने खेलाडी समेत भएका छन् । यो भन्दा अगाडी उच्च स्कोर बनाउने खेलाडीको रेकर्ड सोमपाल कामीले बनाएका थिए । सोमपालले नेदरल्यान्डका विरुद्ध ६१ रन बनाएका थिए ।

LIVE TV