१४ माघ २०७५, सोमबार

बाँके । कोहोलपुरमा रहेको सिद्धार्थ बैंकको एटिएम तोडफोड गरेको आरोपमा बाँके प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । एटिएम फुटाएर रकम लुटपाट गर्ने प्रयास गरेको आरोपमा नेपाल प्रहरी प्रदेश ५ ब्यूरोको टोली र इलाका प्रहरी कार्याल कोहलपुरको टोलीले एक युवतीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । सिसि क्यामराको फुटेजको आधारमा जुम्लाका कृष्ण खत्री, अनिल सुनार र उनीहरूसँग बस्दै आएकी एक युवतीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

गत १२ माघमा एटिएम तोडफोड गरि फरार रहेका उनीहरूलाई कोहलपुर बसपार्कनजिक रहेको फेसबुक कटेजबाट नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट एटिएम तोडफोड गर्न प्रयोग गरिएको हथौडा, चक्कु लगायतका सामान पनि बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV