१४ माघ २०७५, सोमबार

काठमाडौं । युनाइटेड अरब ईमिरेट्स (युएई) संगको पहिलो एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमा नेपाली बलरहरुले बलिङ गर्दै युएईको पाचौं विकेट झारेका छन् ।

टस जितेर युएईलाई पहिलो ब्याटिङको निम्तो दिएको नेपालले कसिलो बलिङ गर्दै युएईको पाँच विकेट पतन गरेको हाे ।युएईले ४२ दशमलव ३ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा एक सय ४७ रन जोडेको छ । युएईका लागि मोहम्मद उस्मानले २६ रन र गुलाम सबिरले १८ रन जोडेर आउट हुँदा ओपनर जोडी अस्फाक अहमद र चिराग सुरी शून्यमा आउट भएका थिए ।

युएईले कुनै पनि रन नजोड्दै ओपनर अस्फाक अहमदको विकेट सोमपाल कामीले झारेका थिए ।त्यसपछि अर्का ओपनर चिराग सुरीललाई शून्य रनमा करण केसीले पेबेलिएन फर्काएका थिए भने तेस्रो विकेट सन्दीप लामिछानेले दिलाउँदा चौथो विकेट कप्तान पारसले दिलाएका थिए ।

युएईका सिपि रिजवानले ४५ रन जोड्दै आउट भएका छन् । उनले ७६ बलमा ५ को मद्दतले ४५ रनको ब्यक्तिगत स्कोरमा करण केसीको बलमा विकेट किपर बिनोद भण्डारीले क्याच गर्दै आउट भएका हुन् ।

त्यस्तै युएईका सैमन अनवर ५२ रनको अर्धसतकिय पारी खेल्दै मैदानमा जमिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV