१४ माघ २०७५, सोमबार

दाङ । पछिल्लो समय दाङमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढेको छ । जिल्लामा रहेको प्रदेश स्तरको अस्पतालमा अस्पताल तुलसीपुरमा यस आर्थिक वर्षमाका माघ १३ गतेसम्म १४५ भन्दा बढिले सुरक्षित गर्भपतन गराएका छन् ।

अस्पतालले दिएको जानकारी अनुसार यो सेवा लिनेहरुमा अधिक मात्रामा १७ वर्षदेखि २० वर्षसम्मका रहेका छन । त्यसैगरी २० वर्षमाथिका महिलाहरुले भने न्युन गर्भपतन गराउने गरेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर रेकर्डर दुर्गा रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेका छन् ।

त्यसैगरी गत वर्ष सो अस्पतालबाट एक हजार ४८ जना महिलाले सुरक्षित गर्भपतन गराएका थिए । २० वर्षमुनिका ५९ जना, २० वर्षमाथिका ९८९ जना महिलाले निःशुल्क रुपमा गर्भपतन गराएका थिए ।

सबैभन्दा बढी दाङ, केही सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि रहेका छन् । अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगाना समेत ढाट्ने गरेको पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV