१४ माघ २०७५, सोमबार

काठमाडौँ । कोटेश्वर–कलंकी सडकखण्ड चीनसरकार द्धारा नेपाललाई हस्तान्तरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गर्नुभएको हो ।

चीन सरकारको करिब पाँच अर्व अनुदान सहयोगमा त्यहाँको सांघाई कन्स्ट्रक्सन ग्रुपले पाँच वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको दस दशमलब तीन–नौं किलोमिटर सडक विस्तार गरेको थियो । चीनले २७ किलोमिटर चक्रपथको पहिलो खण्ड ८ लेनमा स्तरोन्नती गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । चीनले हस्तान्तरण गरेलगत्तै प्रधानमन्त्री ओलीले सडकको उद्घाटन गर्नुभएको छ ।

सडक हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले चीन सरकारप्रति आभार व्यक्त गर्दै दुवै छिमेकी देशलाई विश्वासमा लिएर ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक बनाइने बताउनु भयो । नेपाल सरकार र चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपबीच सन् २०१३ को जूनबाट काम सुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, निर्माण कम्पनीले ६ महिना ढिलो सुरु गर्दा भूकम्प र नाकाबन्दीले प्रभावित भएपछि सडकको स्तरोन्नतीमा करिब पाँच वर्ष लागेको हो ।

चीनले हस्तान्तरण गरेपछि नेपाल सरकारले सर्भिस लेन निर्माणको काम भने सकेको छैन । डिजाइनमा सावधानी अनपनाउँदा आकर्षक सडकमा अत्यावश्यक पूर्वाधारकै अभाव छ । चक्रपथको कलंकी–महाराजगन्ज खण्ड पनि स्तरोन्नतीको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV