१४ माघ २०७५, सोमबार

काठमाडौं । मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ ।

अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV