
- चन्द्रकान्त जोशी
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा अनियमितताको बढेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्म मात्र २ सय ४० अनियमितताका उजुरी परेका छन् । अख्तियारका अनुसार कैलाली लगायत वैतडीमा सबैभन्दा वढी अनियमिता भएको पाइएको छ ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलाली र सवैभन्दा कम वाजुरामा अनियमितता भएको बताइएको छ । उपभोक्ता समिति गठन, खरिद विक्रि र कर्मचारी भर्ना गरिएको विषयमा उजुरी धेरै रहेको छ ।