१३ माघ २०७५, आईतवार
  • रिदम सिंह,

१३ माघ बझाङ । भारतीय राजदुताबासले बझाङ जिल्लास्थित जयपृथ्वी नगरपालिका वडा नं. १ को बिकट गाउ कैलासको कैलास उपस्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । ७० औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासले बझाङ जिल्लाको कैलाश स्वास्थ्य चौकीलाई टाटा एम्बुलेन्स हस्तान्तरण गरेको हो । माघ १२ गते अर्थात जनवरी २६ तारिखका दिन भारतले स्वतन्त्रता दिवस मनाउने गर्दछ । सोही अबसरमा भारतीय राजदुताबासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

यसै शिलशिलामा दुतावासले आफ्नो स्वतन्त्रता दिवस मनाउनु अगाडी नेपालका ३० जिल्लालाई फारम भर्न आमन्त्रण गरेको थियो । जसमा बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशका लागि सांसद आशा विकले फारम भरेकी थिइन् । फारम भरे अनुसार भारतीय राजदूतावासले बझाङलाई पहिलो पटक छनोट गरेको हो ।

भारतले अंग्रेजबाट मुक्त भएको दिनको सम्झनामा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । स्वतन्त्रता दिवसको अवसरमा भारतले नेपालका परोपकारी संस्थालाई एम्बुलेन्स, बस, शैक्षिक सामाग्री, सडक सञ्जाल लगायत उपहार स्वरुप दिने घोषणा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV