१३ माघ २०७५, आईतवार

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा उद्योग संचालनका लागि उद्योग विभागमा ४ खर्ब भन्दा बढि लगानी प्रस्ताव भएको छ । तर विभाग र सरकारले लगानीको प्रवद्र्धन गर्न नसक्दा वास्तविक लगानीको तथ्याङ्क भने देखिदैन् ।

उद्योग विभागका अनुसार ६ महिनामा ४ हजार ६ सय ७४ उद्योगमा तीन खर्ब ८८ अर्ब बराबरको लगानी प्रस्ताव आएको हो । यो अवधिमा विदेशी लगानी प्रतिवद्धता ७१ अर्ब रुपैयाँको आएको छ । वैदेशिक लगानीका उद्योगहरु ३ सय ९५ वटा स्थापना भएका छन् । ६ महिनामा उद्योगमा कुल प्रस्तावित लगानी ४ खर्ब ५१ अर्ब पुगेको छ । अहिले सम्म दर्ता भएका आयोजनामा २ लाख ५१ हजार जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

उद्योग विभागमा दर्ता भएका उद्योगहरुमा लगानीको प्रस्ताव आएपनि संचालनमा आएको या नआएको भन्ने कुनै तथ्याङ्क विभागसंग छैन् । यसको अनुगमन गर्ने कुनै निकायपनि छैन् । त्यसैले विभाग र सरकारले लगानी प्रवद्र्धन गर्न नसक्दा स्वदेशी तथा वैदेशिक लगानीका प्रस्ताव आएपनि लगानी प्रतिवद्धता अनुसार काम हुन सकेको छैन् ।

त्यसैले सरकार नीतिगत रुपमा नै स्पस्ट भएर वैदेशिक लगानी भित्र्याउन लाग्नु पर्ने हुन्छ । होइन भने आगामी चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनबाट आउने प्रतिवद्धता पनि यसअघिको जस्तै प्रतिबद्धतामै सिमित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV