१३ माघ २०७५, आईतवार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुमतको आधारमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदवाट पारित गरेपछि सरकारविरुद्ध सडक तथा संसदबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

यस व्रmममा आज राजधानीमा कांग्रेसका भ्रातृ संगठनले प्रदर्शन गरेका छन । सरकारविरुद्धको आन्दोलन सशक्त बनाउन तथा पार्टीको भावी नीति तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि जारी छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरुले सडक र सदनबाट सरकारको भण्डाफोर गर्ने नीति लिन नेतृत्वलाई दबाब दिएका छन् ।

विपक्षीको सहमति विनै चिकित्सा शिक्षा विधेयक पारित गरेको, संवैधानिक व्यवस्था विपरीत विपक्षी दलका नेतालाई जानकारी नै नदिई संवैधानिक परिषद्ले विभिन्न आयोगका अध्यक्ष सिफारिस गरेको, आफ्ना पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न खोजेको विषयलाई कांग्रेसले आन्दोलनको मुद्दा बनाएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकमा संसदीय दलका उपनेता विजयकुमार गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँणले चिकित्सा शिक्षा विधेक पारित गर्दा सरकारले देखाएको रवैयाबारे जानकारी गराउनु भएको थिया । बैठक केही दिन लम्बिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV