अष्ट्रेलियाको गर्मीले नेपाली युवकको ज्यान लियो



प्रकाशित मिति : Jan 27, 2019

ऐजेन्सी । यती बेला अष्ट्रेलिया उच्च गर्मी छ । गर्मीका कारण याे समर (डिसेम्बर १ देखि अहिलेसम्म)मा ७३ जनाको मृत्यु भएको जनाइएको छ । यस वर्ष भन्दा अघिको रेर्कडमा गर्मीका कारण मृत्यु हुनेमा ४३ रहेको थियो ।

यसैबीच अष्ट्रेलियाकाे पश्चिम सिडनीमा एक नेपालीको पनि मृत्यु भएको छ । नुहाउने क्रममा पानीमा डुबेपछि गुहार मागिरहेका चार जनालाई ११:३० तिर देखेपछि इमरजेन्सी सर्भिसलाई खबर गरिएको थियो ।

उनीहरूलाई नजिकका मानिसहरुले २० वर्षीय ३ जनाको उद्दार गर्न सफल भए । तर २५ वर्षीय एक नेपाली युवककाे भने उद्दार हुन सकेन । त्यसपछि स्थानिय प्रहरी, न्यु साउथ वालेसको अग्नी सुरक्षा बल र स्टेट ईर्मजेन्सी सर्भिसको खोजीमा त्यहाँको समयानुसार दिँउसो १:३० बजे नेपाली युवकलाई मृत फेला पारेको हो ।मृतक नेपालीको पुरा परिचय भने खुल्न सकेको छैन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com