१३ माघ २०७५, आईतवार

काठमाडाै‌ । सिनेबृत्तमा यदाकदा पल शाह र आँचल शर्मालाई रियल जोडी भनेर लिइने गरिन्छ ।तर यी जोडीले भने आफुहरु राम्रो साथी मात्र भएको र चर्चामा आएजस्तो अफेयरमा नरहेको बताउँदै आएका छन् ।पल र आँचलले लगातार तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा सँगै काम गरिसकेका छन् ।

यस अघि पल शाह सोचे अनुरुपको चित्तबुझ्दो कथामा अफर नआएको भन्दै खाली थिए भने आँचल पनि हुलमुलका फिल्ममा काम नगर्ने र सोलो भूमिकामा अफर आए मात्र फिल्म खेल्ने भन्दै अड्डि कसेर बसेकी थिइन् ।

यस्तैमा पललाई फिल्म ‘वीरविक्रम २’मा अभिनयको लागि अफर गरियो जसमा उनको अपोजिटमा नायिका बर्षा शिवाकोटी रहेकी छिन भने आँचल फिल्म ‘दाल भात तरकारी’मा अनुबन्धित भएकी छिन् । जसमा उनको अपोजिटमा नायक पुष्पल खड्का रहेका छन् ।पल र आँचल अहिले एक साथ फिल्म नखेलेतापनि परिआउँदा एकअर्काको पक्ष लिएर बोल्ने गर्छन् । यस्तै देखियो हालै नायक पल शाहको एक स्टाटसले ।पलले फिल्म ‘दाल भात तरकारी’को युनिटसँग पत्रकारले प्रश्न गर्दैगर्दा नायिका आँचल शर्माले फिल्म बाहेक पत्रकारले सोध्ने प्रश्नको उत्तर नदिने बताएसँगै पत्रकारहरु उनीमाथि एकै चोटि खनिएका थिए ।पत्रकारहरुले आँचललाई ‘के तपाईंहरुको मुड अनुसार पत्रकार चल्नुपर्ने हो ? तपाईंहरुले बोल्न चाहँदा बोल्ने, बोल्न नचाहँदा नबोल्ने हो ?’ भनेर प्रश्न गरेका थिए ।

पत्रकारको कुरा सुनेपछि आँचलले भनिन्–‘दाल भात तरकारीको’ फिल्म खेलेकाे समयमा अरु विषयमा कुरा नगरौं भन्ने लागेर म नबोलेकी हुँ । म पत्रकारको सम्मान गर्न चाहन्छु । मलाई माफ गरिदिनुहोला ।’आँचलले पत्रकारहरुसँग माफी माग्न परेको घटनालाई लिएर पलले हालै आफ्नो फेसबुक स्टाटसमा आक्रोश पोखेका छन् । उनले आँचलको पक्ष लिँदै आफ्नो आधिकारिक फेसबुकमार्फत् माफी मगाउँदै र माग्दैमा समस्याको हल नहुने बताएका छन् । कलाकारसँग प्रस्तुत हुन पत्रकारले सिक्न आवश्यक रहेको पनि उनले स्टाटसमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV