१३ माघ २०७५, आईतवार

काठमाडौं । अमेरिकाबाट सामाजिक घटनामा आधारित सन्देशमूलक नेपाली सर्टमुभीकाे भाग- १ र २ युटुबमार्फत सार्वजनिक भएको छ । अमेरिकाको सन फ्रान्सिस्को यारियामा निर्माण भएको ‘बिग्रेको बुढो’ काे दुघ भाग एक साताकाे अन्तरमा सार्वजनिक भएकाे हाे ।

यस सर्टमुभीमा श्रीमानहरु घरमा श्रीमती हुँदाहुँदै कसरी बिग्रन्छन् भन्ने देखाइएको छ । घरकी श्रीमतीलाई बेवास्ता गरेर बाहिर युवतीहरुसँग मस्ती गर्ने नाउँमा आफ्नो सारा पैसा, सम्पत्ति सकिएको कथा यसमा छ । साथै केटीहरूले आफ्नो स्वार्थपूर्तिका लागि के कतिसम्म गर्छन् र कसरी कुनै पुरुषलाई आफ्नो वशमा पार्छन् भन्ने मुभीमा देखाइएको छ ।

मुभीले अमेरिकामा रहेका नेपालीहरुको कथा देखाएको छ । विद्यार्थी भिषामा अमेरिका पुगेकी एक युवती, जो एक अधवैंशे पुरुष्को सम्पर्कमा हुन्छिन् । उनीलाई सो पुरुषले रोजगारी पनि दिएर घुमाउने मस्ती गर्दागर्दै आफू एक दिन पैसा सकिएर रित्तो भएको हुन्छ ।

मुभीमा कुनैबेला जनमानसमा लोकप्रिय रहेको सिरियल ‘हिजोआज’का प्रख्यात कलाकार अनिल पाण्डेलगायतको अभिनय रहेको छ । अन्य कलाकारमा सरिता न्यौपाने, सजनी महर्जन, सागर गौतम, ट्रिस्टा प्रधानको अभिनय छ ।

विश्व शर्माले निर्र्दशन गरेको मुभीमा क्यामेरा पर्सन सम्राट कुमार केसी र सन्दीप बजगाइँ रहेका छन् । यस सिरियलकाे भाग-१ पहिले नै सार्वजनिक भइसकेकाे छ ।

भिडियाे-



प्रतिक्रिया दिनुहोस्
LIVE TV