१३ माघ २०७५, आईतवार

काठमाडाैं । नेपालका युवा ब्याट्समयान रोहित कुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन् । दुबईमा शनिबार यूएईसँग भएको दोस्रो खेलमा रोहितले ५८ बलमा ५५ रन बनाएर भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीमा
भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको नाम थियाे । भारतका सचिन तेन्दुलकरले सन् १९८९ मा पाकिस्तानविरुद्ध टेस्टमा आफ्नो पहिलो अर्धशतक (५९ रन) बनाएका थिए । त्याे बेला उनी १६ वर्ष २ सय १३ दिनका थिए ।

सन् १९९६ मा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गर्दै शतक बनाएका थिए। उनले ४० बलमा ११ छक्का र ६ चौकासहित १०२ रन बनाएका थिए। त्यो बेला उनको उमेर १६ वर्ष २१७ दिन थियो।

रोहितले शनिबार अर्धसतक प्रहार गर्दा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ। पछिल्लो दुई वर्षमा राेहितकाे प्रदर्शन निकै राम्रो  हुँदै गएकाे पाइन्छ ।

को हुन् रोहित पौडेल ?

नवलपरासीको बर्दघाट-१४ मा जन्मेका रोहित परिवारका कान्छा छोरा हुन्। उनले काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका छन् ।

उनका बुवा कुमार पौडेल इन्डियन लाहुरे थिए। उनी छोरालाई डाक्टर, इन्जिनियर बनाउने चाहन्थे।
दाइ र अंकलहरू क्रिकेट र फुटबल खेल्ने हुनलाे घरपरिवारमा खेलको रामै वातावरण थियो।

रोहित उनका फुपूका छाेरा बासुदेव थापासँगै बस्थे । बासुदेवले सन् २००१ मा यू-१९ राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका थिए। रोहित पढाइमा अब्बल थिएनन् तर क्रिकेटमा भने चौका र छक्का हानिदिन्थे।

Image result for rohit kumar paudel

राेहितले सन् २०१६ को अन्डर-१९ एसिया कपका लागि खेलाडी छनोट गर्न आयोजित ट्यालेन्ट हन्टबाट राष्ट्रिय टोलिसम्मको बाटो बनाएका थिए ।

प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेल श्रीलंकासँग खेल्यो तर रोहित प्लेइङ ११ मा परेनन्।  दोस्रो खेल भारतसँग थियो। त्यही खेलबाट रोहित डेब्यू गर्ने मैका पाए । उनले भारतविरूद्ध २४ ओभरमा ६८ रन बनाएका थिए ।

त्यो खेलमा भारतले ६ विकेटले नेपाललाई पराजित गरेकाे थियेा । नेपालकाे तर्फबाट सर्वाधिक रन बनाएका रोहितले नेपाली क्रिकेट प्रेमीको मन जितेका थिए।

रोहित एक कुशल ब्याट्सम्यान मात्रै हाेइनन्, उनले मिडियम पेस बलिंग र राम्रो फिल्डिंग समेत गर्छन्। राष्ट्रिय टोलिको क्याप लिंदै रोहितपछिल्लो केहि समय उत्कृस्ट लयमा देखिएका रोहितल एक आक्रामक ब्याट्सम्यानका रुपमा परिचित छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV