१२ माघ २०७५, शनिबार

बुटवल । यस अघिको सिधा कुरा जनतासंगको क्रार्यक्रममा भिडियोकल मार्फत भैरहवा तिलोत्तमना नगरपालिका १ की ९६ वर्षिय ललितादेवि खनालले आफ्नै नातिनातिनाहरुले आँफुलाई झुक्काएर शेष पछिको बकस आँफु जिउँदै हुँदा लिएर आँफुलाई अलपत्र पारेको बताएकी थिइन् ।



खनालको यो विषयमा अहिले देश विदेशबाट निकै प्रतिक्रिया आइरहेका छन् । वृद्ध आमालाई सहयोग गर्न धेरैले इच्छा राखेका छन् । सिधा कुरा जनतासंगकको टोलीले यस बिषयमा थप खोजी गरेको छ । उनले आफ्नो शेखपछि नातिनातिनालाई सेवा गरे बापत बकस दिने भने कागज गराएको भएपनि नातिनातिनाले आँफु जिउँदै हुँदा नै झुक्काएर पास गराएको उनको आरोप छ ।

हाल ९६ वर्षमा चल्दै गरेकी खनालको जग्गा २०६३ सालमा नै नाति यमलाल खनाल,तुलबहादुर खनाल र नातिनि पवित्रा खनालको नाममा विभिन्न ठाँउको जग्गा सेवा गरे बापत सबै अंशियारलाई सम्पत्ती दिइ आफ्नो भागमा रहेको अंश रजिष्टेशन पास भएको छ । वृद्ध ललितादेवि खनालको नाममा रहेको शंकर नगर २ घ को कित्ता नं १२३३ मध्ये बाट यमलाल खनालको नाममा ७ कठ्ठा १० धुर, तुलबहादुर खनालको नाममा १४ कठ्ठा १४ धुर र नातिनी पवित्रा खनालको नाममा ८ कठ्ठा १ धुर जग्गा हालैको बकस पास भएको देखिन्छ ।

सामान्यतय शेष पछिको बकसपत्र सम्पत्ती धनिको निधन भैसकेपछि मात्रै बाँकी सम्पत्ती नामसारी हुने गर्छ । आफ्नो छोराहरुलाई अंश दिएर आँफुसँग बाँकी भएको सम्पत्ती नातिनातिनाको नाममा गएपनि अहिले आँफुलाई हेर्ने कोहि नभएको उनको गुनासो छ । अहिले औषधि उपचार गर्न, तिर्थ ब्रत गर्न पैसा आवश्यक परेपछि जग्गा बेच्न खोज्दा कुनै पनि जग्गा आफ्नो नाममा नभएको थाहा पाएको उनी बताउँछीन् ।

तर उनका नाति यमलाल खनाल र तुलबहादुर खनालले भने हजुरआमाले हालैको बकस दिएकाले जग्गा पास गरेको र हजुरआमालाई घरबाट ननिकाले दाबी गर्दै आएका छन् । साथै हजुरआमाको औषधि उपचार देखि सम्पुर्ण खर्च तिर्दै आएपनि हजुरआमा झगडा गरेर घरबाट निस्केको नातिनि पवित्रा खनालको भनाइ छ । वृद्ध खनालले यस अघि जग्गा विक्रि गरेर बिद्यालयलाई ५ लाख सहयोग गरेको समेत उनी बताउँछीन् ।

वृद्धको भागमा रहेको करोडाँै पर्ने जग्गा बकसपत्र गरी लिए पनि ९६ बर्षीय वृद्ध आमालाई औषधि उपचार खर्च तथा चल्ने पैसा समेत नहुँदा रुदैँ हिड्न बाध्य पार्नू भनेको १२ छोरा १३ नाती दुख जति बुढीकै काँध माथि भने जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV