१२ माघ २०७५, शनिबार

काठमाडौँ । डा गोविन्द केसी आफ्नो १६ औ अनशनमा छन् । प्रतिनिधी सभाले शुक्रबार चिकित्सा शिक्षा विधयक बहुमतले पारित गरेको छ । १६ औँ अनशनमा आइपुग्दा मानिसहरु गोविन्द केसीको पक्ष र विपक्ष दुवैमा उल्लेख्य रुपमै बाडिएका छन् ।

गोविन्द केसीको निष्ठा, त्याग, मानव सेवा,सत्याग्रह, सादगीका बारेमा प्रश्न गर्ने ठाँउ नै छैन । तर आफ्नो फाइदा,स्वार्थ र परिस्थिती अनुसार धेरैले गोविन्द केसीलाई प्रयोग गरको आरोप लाग्न थालेको छ । निष्ठा र इमानका धरोहरलाई बोकेर धेरैले आफ्नो राजनीतिक,आर्थिक स्वार्थले भरिएको दुनो सोझ्याए । अनेकौँ इन्ट्रेष्ट भएका स्वार्थीहरुको झुण्डले इमानको धरोहर यी डाक्टरलाई मार्छन र अर्को १० वर्ष तिनको लाशमा र मृत्युमा राजनीति गर्छन । त्यो राजनीति यो भन्दा घिनलाग्दो हुनेछ ।

स्वयं गोविन्द केसीलाई केहि चाहिएको होइन ।  तर स्वार्थका सिपालु खेलाडीहरुले डा केसीको वृद्ध शरीर लाई थङ थिलो बनाएर छोडेका छन् । कारण गोविन्द केसी प्रतिपक्षको मुद्धा बने,मेन मुद्धा । एउटा मान्छे सरकारमा हुँदा अनुहार हेर्न मन नपर्ने र प्रतिपक्षमा हुँदा सडक सदन तताउने मुद्धा हुनुलाई जानिफकारहरुले लामो लेघ्रो तानेर जेरी घुमाए जस्तो जति घुमाए पनि सिधाकुरा यहि हो । आफ्ना स्वार्थ मिल्यो भने डाक्टरले राजनीतिक मुद्धा उठाएपनि फरक नपर्ने, आफ्नो स्वर्थमा परेन भने डाक्टर भएर राजनीनिक माग राख्ने भन्दिन्छन् ।

आज पक्षमा भएकाहरु हिजो विपक्षमा थिए, भोली पक्षमा हुन्छन्, पर्सि फेरी विपक्षमा हुन्छन । यो देशको एउटा समुह तपाईलाई पागल प्रमाणीत गर्ने स्ट्याम्प हातमा लिएर बसेको छ । त्यो स्ट्याम्प आज एउटा समूहले बोकेको छ, त्यही स्ट्याम्प आज केसीलाई समर्थन गर्नेले बोक्ने छ । यो शिलशिला तब सम्म चलाउँछन् जब सम्म केसीको शरीरमा बाँकी एक मुठ्ठी प्राण रहिरन्छ । छेपारोले रंग बदल्नबाट हारे बाबा भनेर छोडेकाहरुका लागि अनमोल जीवन खेर किन फाल्नु । बिरामीलाई केसीको आवश्यकता छ ।

डा केसीसंग २ वटा च्वाइस छ , स्वार्थीहरुको पन्जाबाट निस्केर फेरी गाँउ  बस्तीका गरीबहरुको सेवा गर्ने अथवा बरफ भएको बाकसमा बन्द भएर बस्ने । दुरदराजका रोगी बिरामीको साहरा बन्ने कि स्वार्थीहरुको आहार बन्ने र मृत्यु पनि बेच्न तयारहरुको नारा बन्ने भन्ने निर्णय गर्न डा केसीले ढिला गर्न नहुने देखिन्छ । गाँउ गाँउमा डा केसी पुग्नु जरुरी छ । गोविन्द केसीलाई समर्थन गरे पनि खुइलिनु छ विरोध गरेपनि खुइलिनु छ । एउटा निष्ठाको जिवनलाई कहिलेसम्म आफ्नो हली बनाउने । डा केसी चिकित्सक मात्र होइनन्, नागरीक पनि हुन ।

सुशासनका लागि लड्नस भनेको पनि अन्य सुधारमा लडे जस्तै नेपालीकै मुद्धामा र सरोकारमा लड्नु हो । १६ आँै पटक सम्म अनसन गर्दा उनका मागले ककस्का स्वार्थको प्रतिनिधित्व गरे त्यो थाहा भएन तर उनले कुन माग आफ्नो लागि मात्र हुने गरी राखे ? बाँचुञ्जेल आफ्नो सुविधा र स्वाद अनुसार मौका पाउन साथ अधिकांशले डा केसीको भरपुर प्रयोग गरे र शायद निरन्तर गरीरहने छन् । त्यसपछि मारेर अनि त्यसपछी मरिसकेपछी पनि बर्षौसम्म ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV