१२ माघ २०७५, शनिबार

काठमाडौँ, १२ माघ । आगामी फागुनभित्र २० हजार निजामति कर्मचारी माग गर्ने भएको छ । नेपाल यातायात महिला चालक समूहद्धारा आयोजित कार्यक्रममा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको हो ।

उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै उहाँले यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV