१२ माघ २०७५, शनिबार
  • हरिशजंग क्षेत्री

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स युएईलाई एक सय ४५ रनको बिशाल अन्तरले हराएको छ । यो जितसंगै नेपालले युएइविरुद्धको श्रृंखलालाई एक एकको बराबरीमा उभ्याएको छ ।

नेपालले दिएको दुई सय ४३ रनको लक्ष्यलाई पछ्याउने क्रममा युएईले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो । नेपाली बलर सामु युएईका ब्याट्सम्यान एकपछि अर्को गर्दै धराशायी बन्दा नेपाललाई एक सय ४५ रनको जित सुम्पिनु पर्यो । युएईका ब्याट्सम्यान मुहमद उसमानले सर्वाधिक २६ रन, अस्फिक अहमदले दोस्रो सर्वाधिक २० रन जोड्दा कप्तान मोहम्मद नाबिदले १९ रन र सीपी रिजवानले १६ जोड्नु बाहेक अन्य युएईका ब्याट्सम्यानले नेपाली बलरसामु टिक्न सकेनन् फलस्वरूप हार व्यहोर्नु पर्यो ।

बलिङतर्फ नेपालका सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै आफ्नो स्पेलको ६ दशमलव ३ ओभरमा १ ओभर मेडन राख्दै ३३ खर्चेर ५ विकेट झार्दा बिश्व चर्चित बलर सन्दीप लामिछानेले पनि उत्कृष्ट बलिङ गर्दै युएईका ४ महत्वपूर्ण विकेट चट्काए । लामिछानेले जम्मा ४ ओभर बलिङ गर्दै १ ओभर मेडन सहित २४ रन खर्चेर ४ विकेट प्राप्त गरेका हुन । यो संगै सोमपाल कामी र सन्दीप लामिछानेले आफ्नो एकदिवसीय क्यारियरकै सबैभन्दा उत्कृष्ट बलिङ फिगर हो ।

नेपालले यो जित संगै एकदिवसीय क्रिकेट सिरिजमा बराबरी गरेको छ । यो सिरिजको अन्तिम एवं निर्णयक खेल सोमबार हुनेछ । यसअघि नेपालले टस जितेर युएईसामु ९ विकेटको नोक्सानीमा दुई सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियोे । पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै युएई सामु दुई सय ४३ रनको दरिलो लक्ष्य प्रस्तुत गरेको थिए । युएईको ओभल मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा दुई सय ४२ रनको योगफल बनाएको थियोे ।

नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्वाधिक ५५ रनको अर्ध शतकीय पारी खेल्दा उनले ५८ बलको सामना गर्दै ७ चौका प्रहार गर्दै एकदिवसीय खेलमा पहिलो अर्धसतक बनाएका थिए । साथै रोहितले बिश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड समेत बनाएका छन । नेपालका लागि ओपनिङ गर्न आएका उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन प्रहार गर्दा अर्का ओपनर बिनोद भण्डारीले २१ रनमा अस्फिक अहमदबाट क्याच आउट भएका थिए । पहिलो डनमा मैदान आएका कप्तान पनि २१ रनको ब्यक्तिगत स्कोरमा आउट भए ।

आरिफ शेखले २९ रन, अलराउण्डर करण केसीले १८ रन जोड्दा दिपेन्द्र सिह ऐरीले १० रन, पवन सराफले ८ जोड्दा सन्दीप लामिछाने नटआउट १४ रन बनाउदा ललितनारायण राजबंसीले नट आउट ३ रन बएका थिए । बलिङतर्फ युएईका आमिर हयात र इमरान हैदरले समान तीन तीन महत्त्वपूर्ण विकेट चट्काउदा कप्तान मोहम्मद नाबिद, जोहर खान र अस्फिक अहमदले समान एक एक विकेट प्राप्त गरेका थिए । नेपालका तर्फबाट एकदिवसीय खेलमा रोहित कुमार पौडेलले दोस्रो सर्वाधिक स्कोर बनाएका हुन ।

यस अघि सोमपाल कामीले सर्वाधिक ६१ रनको स्कोर बनाएका थिए । नेपालले पहिलो विकेटका रूपमा विकेटकिपर तथा ओपनर बिनोद भण्डारीलाई ६१ रनको टिमको स्कोरमा गुमाउदा ७० रनको स्कोरमा ज्ञानेन्द्र मल्ल आउट हुँदा ८५ रनको स्कोरमा दिपेन्द्र सिह ऐरी आउट भए । त्यसैगरी २१. ६ ओभरमा १ सय १० रनमा पवन सराफ आउट हुँदा एक सय १३ रनमको स्कोरमा कप्तान पारस खड्का अमिर हैदको बलमा आउट हुन पुगे । त्यसपछि केही राम्रो ब्याटिङ गरेको आरिफ शेख १ सय ९५ को स्कोरमा आउट भएका थिए ।

LIVE TV