१२ माघ २०७५, शनिबार

काठमाडौं, १२ माघ । एकै दिन दुई सय शाखा विस्तारका लागि ब्रोकर कम्पनीले आवेदन दिएका छन् । अनलाइनमार्फत शेयर कारोबार हुन थालेपछि शाखा विस्तारका लागि एकैपटक यति ठूलो संख्यामा आवेदन परेको हो । शुक्रबार देशका विभिन्न स्थानमा दुई सय वटा शाखा खोल्न ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल स्टक ब्रोकर एशोसिएसनका अनुसार २५ वटा कम्पनीले इन्टरनेट पुगेका सबै जिल्लामा शाखा विस्तारका लागि आवेदन दिएका हुन् ।

अनलाइनमार्फत शेयर कारोबार हुन थालेपछि शाखा विस्तारका लागि एकैपटक यति ठूलो संख्यामा आवेदन परेको हो । पछिल्लो पटक पूर्ण स्वचालित अनलाइन प्रणालीको विकास भएसँगै प्रणाली प्रदायक शाखा विस्तार गर्न पाउनु पर्नै भन्दै ब्रोकर एसोसिएसनले माग गर्दै आएको थियो ।

पूर्ण स्वचालित अनलाइन प्रणालीसँगै शेयर कारोबार गर्न लगानीकर्तालाई सजिलो भएको तर्क एसोसिएसनको छ । पहिलेजस्तो कारोबार गर्न ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । सबै अनलाइनबाटै कारोबार हुने भएपछि आवश्यक जनशक्ति समेत कम चाहिने भन्दै लचकता अपनाउन बोर्डलाई आग्रह गरेको थियो ।

ब्रोकरका लागि नयाँ मापदण्ड समेत तयार भएपछि आवेदन परेको हो । सोही मापदण्ड अनुसार सबै सदस्य दलाल कम्पनीले शाखा विस्तारको लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV