१२ माघ २०७५, शनिबार

जीवन आचार्य, म्यानमार

रिङ तीनपटक गएपछि उताबाट स्त्री ध्वनि तरङ्गित भयो हेल्लो ! म केही बोलिनँ। बोलिनँ भन्दा पनि सायद बोल्न सकिनँ। उताबाट पुनः सोही जवाफ सँगै नयाँ प्रश्न गाँसिएर आयो हेल्लो१ को हुनुहुन्छ। तत्कालै आँखाका आँसु पुछेर हतारिदै बोलें म । मलाई जवाफमा म जीवन भनेर आफ्नो परिचय पूरा दिनु थियो तर सकिन । सकिन होईन हिम्मत नै जुरेन । म बाटै रोकिए । साबिक भन्दा आवाज घटाएर उसले सोधि पिएका छौँ !


कत्ति माया गर्छे ऊ मलाई, म भन्ने फगत एक शब्द द्वारा ऊ मलाई हैन मेरो हालतलाई समेत बुझ्न सक्छे। नशामा भएको मान्छे कदापि झूट बोल्दैन। मलाई पनि बोल्न आएन। सही थपें अँ भनेर। साला यो रक्सी पनि बडो अचम्मको छ यार। कहिल्यै कसैसँग झूट बोल्दैन। र पनि अधिकांश मानिसहरु उसलाई हेला गर्छन्। तर म ती मान्छेहरू सँग भिन्नै छु। म रक्सीलाई असाध्यै प्रेम गर्छु। हुन त ऊ भन्दा पहिला म अरु कसैलाई नै प्रेम गर्थें। त्यो पनि आफू भन्दा बढी। खैर ! छोडिदिम् यी पुराना कुरा। कथा धेरै लामो हुन्छ फेरी।

तिमीलाई मैले फोन नगर भनेको हैन यसपाली ऊ झर्किइ। यता मेरो मुटु चर्कियो। र, साथै देब्रे आँखाबाट पानी को मूल फुट्यो। ऊ भन्दै गई तिमी सँग बिताएको त्यो केही क्षण मेरालागि एउटा नराम्रो सपना थियो, जो मैले बिर्सिसकेकि छु। आज मलाई तिमीसँग मात्र हैन, तिम्रो नाम सँग पनि घिन लाग्छ। त्यतिबेला म बौलाएकि हुनुपर्छ। र, त तिमी जस्तालाई प्रेम गरें। हुन त हामी बीच प्रेम नै कहाँ थियो र१ सिर्फ बास्ना थियो। मैले तिमीलाई कहिल्यै प्रेम गरिन। तिमी मेरा लागि जस्ट टाइम पास थियौँ ।

ऊ अझै के के बड्बडाउँदै थिइ, मैले सिर्फ उसको नाम पुकारें सुधा१ ऊ सान्त भइ। केही बेर हामी दुवै मौंन भयौं। करिब करिब एक मिनेट को सन्नाटा पछि उसले रुँदै भनी म अर्काकी श्रीमती मात्र हैन, कसैकी आमा बनिसकेकी छु। अब त मलाई दुःख दिन छोडिदेउ ।


मैले त केही भनिन। केही त भन्न मन जरुर थियो तर भयौ नरोउ समेत भन्न सकिन। ऊ फोनमा अझै रोइरहेकि थिइ। मैले फोन राखिदिए। र, मोबाइलको ग्यालरीमा मेरो अँगालोमा मुस्कुराइ रहेकि उसलाई हेर्दै भनें आइ स्टिल लभ यूू। आँखाका आँसु गला सम्म पुगिसकेका थिए तर मैले पुछिन । तर दिल र दिमाख दुवैमा नमज्जा संग एउटै आवाज ठोक्किई रह्यो म कसैकी आमा !

प्रतिक्रिया दिनुहोस्
LIVE TV