१२ माघ २०७५, शनिबार

काठमाडौँ । फिल्म ‘दालभात तरकारी’को पहिलो गीत सार्वजनिक गरिएको छ । हरिवंश आर्चायको शब्द रहेको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक भएको हो।

श्म्भुजित बाँस्कोटाले संगीत भरेका गीतमा अन्जु पन्त र निशान भट्टराईले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलले नृत्य गरेका छन् ।

फिल्म दालभात तरकारी लाई सुदन केसीले निर्देशन गरेका छन् भने फिल्मको कथा लेखन हरिवंश आर्चायको रहेको छ । मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको यो फिल्मका निर्माता रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ हुन्। दिर्घ गुरुङले छायाँकन गरेको फिल्मलाई मित्र डी गुरुङ सम्पादन गरेका छन् ।

फिल्ममा निरुता सिंह र हरिवंश आर्चायको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म वैशाख १३ गते देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV