१२ माघ २०७५, शनिबार

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बजेट अभावमा ठप्प रहेका संघीय सरकारका आंशिक कार्यालय खोल्न सहमत भएका छन् । दबाब बढ्दै गएपछि ३५ दिनदेखि बन्द आंशिक सरकारी कार्यालयको कार्य सञ्चालनका लागि आवश्यक पर्ने बजेट दिन सहमत भएका हुन् ।

तर तीन हप्ताका लागि मात्र सञ्चालन हुने गरी बजेट पारित गरिएको छ । सिनेट र हाउस अफ रिप्रिजेनटेटिभले तीन हप्ताका लागि संघीय सरकार कार्यालयलाई कार्य सञ्चालनका लागि दिइने बजेट सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनेको सीमा पर्खालका लागि सरकारी कोषबाट बजेटको व्यवस्था हुनु पर्ने तथा विपक्षीको त्यस विरोधी अडानका कारण समस्या उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV