
काठमाडाैं । संसदबाट चिकित्सा शिक्षा बिधेयक बहुमतले पारित भएपछि डा. गोबिन्द केसीले आफुसंग भएको सम्झौता विपरित बिधेयक पारित गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

तर डा. गोबिन्द केसीलाई नै साथ दिइरहेका शिक्षण अस्पतालका चिकित्सक तथा विद्यार्थीहरुले भने चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिंदै दिप प्रज्वलन गरेर विधेयकको स्वागत गरेका छन्

शुक्रबार सांझ शिक्षण अस्पताल परिसर मै विद्यार्थीहरुले दिप प्रज्वलन गरेर चिकित्सा शिक्षा छिट्टै कार्यान्वयन होस् भन्दै नारा समेत लगाएका थिए । साथै विद्यार्थी तथा प्राध्यापकले डा. गोबिन्द केसीलाई अनशन तोड्न आग्रह पनि गरेका छन् ।