११ माघ २०७५, शुक्रबार

काठमाडौँ । स्वीट्जरल्याण्डमा सम्पन्न विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वेदश फर्किनुहुने भएको छ ।

स्वीट्जरल्याण्डको डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV